कञ्चनपुरमा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु

वैशाख २७, २०७८ | कञ्चनपुर

कञ्चनपुरमा कोरोना भाइरसको संक्रमणबाट सोमबार थप ७ जनाको मृत्यु भएको छ । भीमदत्त नगरपालिकाका ३, पुनर्वास नगरपालिकाका २ तथा बेलौरी र बेदकोट नगरपालिकाका १/१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा भीमदत्त नगरपालिका–६ का ६८ वर्षीया महिला र ४० वर्षीय पुरुष र वडा नम्बर–७ का ५३ वर्षीय पुरुष रहेका छन् । यसैगरी, पुनर्वास नगरपालिका–११ का ७४ वर्षीय र वडा नम्बर–६ का ४२ वर्षीय पुरुषको मृत्यु भएको छ । 

बेदकोट नगरपालिका–४ का २० वर्षीया महिला र बेलौरी नगरपालिका–३ का ७२ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । आईतबार कञ्चनपुरमा कोरोना संक्रमणबाट ५ जनाको मृत्यु भएको थियो । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण ७४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ । 

कञ्चनपुरमा सोमबार १८१ जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर परीक्षणबाट १६४ र एण्टिजेन परीक्षणबाट १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा पीसीआर परीक्षण गराएका १ हजार ५१ र एण्टिजेन परीक्षण गराएका ३४७ जना संक्रिय संक्रमित रहेका छन् । 


प्रतिक्रिया