बिरामी आफैलाई अक्सिजनको व्यवस्थापन गर्न अस्पतालको आग्रह

वैशाख २९, २०७८ | तिलोत्तमा

रुपन्देहीको युनिभर्सल कलेज अफ मेडिल साइन्सेज शिक्षण अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ । अस्पतालले अक्सिजन आपूर्तिका लागि पहल गर्दा पनि कुनै उपाय नलागेपछि बिरामी स्वयंलाई अक्सिजन व्यवस्थापन गर्न भनेको हो । 

अस्पतालले एक सूचना प्रकाशित गर्दै बुधबार दिउँसो ३/४ बजेसम्म मात्रै अक्सिजन आपूर्ति गर्न सकिने भएकाले त्यसपश्चात अक्सिजनको आफै व्यवस्था गर्नुपर्ने जनाएको छ । अक्सिजनका लागि १ हप्ता अगाडिदेखि अहोरात्र खटिई विभिन्न उपाय अवलम्बन गर्दा समेत आपूर्तिमा कठिनाई भएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रशासनले अक्सिजन अभावका कारण हुनसक्ने भवितव्यलाई मध्यनजर गरी बिरामी स्वयमले अक्सिजन व्यवस्थापन गर्न आग्रह गरेको हो । सहज रुपमा अक्सिजन आपूर्तिका लागि सम्बन्धित सरोकारवालालाई अस्पतालले ध्यानाकर्षण गराएको छ । 


प्रतिक्रिया