घरमा अक्सिजन स्टक राखे कारबाही : रुपन्देही प्रशासन

वैशाख ३०, २०७८ | तिलोत्तमा

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले स्थानीय प्रशासनको जानकारी बिना अक्सिजन सिलिण्डर स्टक राखेको पाईएमा कारबाही गर्ने चेतावनी दिएको छ । 

प्रशासनले बिहीबार सूचना जारी गर्दै रुपन्देहीका अस्पतालमा अक्सिजनको चरम अभाव भएको भन्दै आवश्यकता पर्न सक्ने बहानामा अक्सिजनको सिलिण्डर स्टक नगर्न आग्रह गरेको हो ।

होम आइसोलसनमा प्रयोग भएको भए त्यसको विवरण समेत सुरक्षा निकायमा जानकारी गराईदिन सर्वसाधारणलाई आग्रह गर्दै प्रशासनको जानकारी बिना जो कसैको घर अक्सिजन सिलिण्डर भेटिए कारबाही गर्ने जनाएको छ । 

स्थानीय तह र विभिन्न संघ संस्थाले राहत प्रदान गर्ने नाममा आफू निकटका व्यक्तिका घरमा अक्सिजन पुर्‍याउने र सिलिण्डर होल्ड गर्न थालेपछि प्रशासनले कडाई गर्न थालेको हो । 

सूचनामा कोभिडका नयाँ भेरियन्टबाट उत्पन्न महामारीको विषम परिस्थितिका कारण अस्पतालमा बिरामीको चाप बढेको र त्यसको उपचारको लागि आवश्यक पर्ने अक्सिजन ग्यासको अभावमा परिस्थिति दैनिक जटिल बन्दै गएको उल्लेख गरिएको छ । 


प्रतिक्रिया