कोरोना भाइरसले चुनौती दिएका बेला भ्रष्टाचार गरे कारबाही हुने प्रधानमन्त्री ओलीको भनाई

वैशाख ३१, २०७८ | काठमाडौं

प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण रोकथाम उपचार, उपकरण, औषधि तथा स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा भ्रष्टाचार गरेको पाइए कारवाही गर्ने बताउनु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदवहाली गर्ने क्रममा आज प्रधानमन्त्री ओलीले मानव जातिमै अस्तित्वमाथि कोरोना भाइरसले चुनौती दिएका बेला कसैले भ्रष्टाचार गरे कडाइकासाथ कारबाही गरिने बताउनु भएको हो ।

राज्यका सम्पूर्ण साधन स्रोत सामथ्र्यको परिचालन गर्ने कुराका कमी नआओस् भन्दै प्रधानमन्त्री ओलीले नआत्तिन आग्रह गर्नुभयो । उहाँले सरकारका हरेक अंगलाई सम्पूर्ण सामथ्र्य परिचालन गर्न आग्रह समेत गर्नुभयो । परोपकारी प्रवृतिलाई बढावा दिनु आवश्यक रहेको भन्दै नीजि क्षेत्र, सबै अस्पतालहरुलाई सेवाको भावना राख्न आग्रह गर्नुभयो । नीजि क्षेत्र , नीजि अस्पताल, स्वास्थ्य उपकरण, रोगसंग लड्ने औषधिका विषयमा सबैलाई जिम्मेवारी बोधका साथ सक्रिय हुन पनि उहाँले आग्रह गर्नुभयो । 

अक्सिजन उत्पादन गर्ने उद्योग पूर्ण क्षमतामा चल्नुपर्ने उहाँको भनाई थियो । आवश्यकताका आधारमा अक्सिजनको व्यवस्थापन गर्न समेत उहाँले आग्रह गर्नुभयो । 


प्रतिक्रिया