एमालेको विवाद समाधानका लागि आज कार्यदल बन्ने

जेष्ठ १, २०७८ | काठमाडौं

सत्तारुढ नेकपा एमालेको विवाद समाधानका लागि आज कार्यदल बन्ने भएको छ । हिजो अन्य नेताहरुसहित लामो छलफलमा बसेका अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालले विवाद समाधानका लागि कार्यदल गठन गर्न लागेका हुन् । 

आज पनि ओली र नेपालबीच भेटवार्ता हुने र त्यसपछि कार्यदल गठन गर्ने ओली निकट स्रोतले जनाएको छ । हिजो भएको बैठकमा २०७५ साल जेठ २ गतेलाई आधार मानेर समाधान खोज्ने सहमती भएको थियो । सोही अनुरुप दुबै नेता कार्यदल गठन गरी समस्या समाधान गर्न एकमत भएका थिए । 

आ–आफ्ना पक्षसँग आन्तरिक छलफल गरी कार्यदलमा बस्ने सदस्यहरुको नाम टुंगो लगाउने नेता सुवास नेम्वाङले जानकारी दिनुभयो । यद्यपी कति सदस्य कार्यदल निर्माण गर्ने भन्ने बारे आज हुने दुई नेताबीचको छलफलले निर्क्यौल गर्ने नेम्वाङले बताउनुभयो ।

माओवादी केन्द्र छाडेर अध्यक्ष ओलीलाई साथ दिएका नेताहरुलाई जिम्मेवारी दिदै ओलीले पार्टीको जिम्मेवारी हेरफेर गर्नुभएको थियो । नेपाल पक्ष आफ्नो पार्टीमा आएका माओवादी केन्द्रका नेतालाई पनि उचित स्थान दिएर विवाद समाधानमा लचक बनेसँगै एमालेभित्रको द्वन्द्व समाधानको दिशामा अघि बढेको हो । 

कार्यदललाई नेताहरुको जिम्मेबारी व्यवस्थापन, संगठनात्मक संरचनासहित अन्य विवादित बिषयमा सहमती खोज्ने अख्तियारी दिईने नेताहरुले बताएका छन् ।

नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत दिनु अघि नै आन्तरिक समस्या समाधान गर्न चाहेको छ । यसअघि ओलीले संसदमा विश्वासको मत लिने दिन नेपालपक्षका २८ सांसद अनुपस्थित भएका थिए ।      


प्रतिक्रिया