राप्रपाको महाधिवेशन स्थगित

जेष्ठ १, २०७८ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आसन्न महाधिवेश स्थगित भएको छ । कोरोना माहामारीको कारण देखाउँदै राप्रपाले जेठ २२ र २३ गतेका लागि तय गरिएको महाधिवेशन स्थगित गरेको जनाएको छ । 

राप्रपा अध्यक्षत्रयको आज बसेको बैठकले प्रतिकुल परिस्थितीमा महाधिवेश गर्न सम्भव नहुने निष्कर्ष निकाल्दै अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो । उपयुक्त समयमा महाधिवेशनको नयाँ मिति घोषणा गरिने सो पार्टीले जनाएको छ । बैठकपछि केन्द्रीय सचिवालय प्रमुख भाष्कर भद्रा र ध्रुबबहादुर प्रधानले जारी गरेको विज्ञप्तिमा पार्टीको निर्देशक समिति भने ५ दिनभित्र गठन गर्ने निर्णय भएको उल्लेख छ ।

यसैबीच राप्रपाले महामारीको अवस्थालाई नियन्त्रणमा लिन सरकारले गरिरहेको ब्यवस्थापन निक्कै कमजोर भएको जनाएको छ । उसले निजी क्षेत्र तथा स्वदेशी तथा विदेशी कुटनीतिक नियोगलाई परिचालन गरी तत्काल अन्तर्राष्ट्रिय सहयोग जुटाउन सरकारलाई आग्रह समेत गरेको छ ।  


प्रतिक्रिया