दाङमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप

जेष्ठ १४, २०७८ | दाङ

दाङमा जेठ २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । बैशाख १७ देखि शुरु गरिएको निषेधाज्ञा निरन्तर थप हुादै आएको छ । शुक्रबार बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमणको जोखिम कम नभएको निष्कर्ष निकाल्दै जेठ २५ गते बेलुका ६ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । यसअघिको निर्णय अनुसार जेठ १५ सम्म निषेधाज्ञा थियो । यसअघि सातामा दुई दिन मात्र खुलेका खाद्यान्न लगाएतका अत्यावश्यकीय पसल अब भने प्रत्येक दिन विहान ६ बजेदेखि ८ बजेसम्म खुल्ने भएका छन् । 

यस्तै बैठकले बैंकहरु यसअघिकै तालिका अनुसार एक बैंक सातामा दुई दिन खुल्ने तर समय भने थप गर्दै विहान १० देखि २ बजेसम्म खुल्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले बताउनुभयो । यसअघि बैंक ११ देखि १ बजेसम्म मात्र खुल्दै आएका थिए । बैठकले निर्माण सामग्री बिक्रीका लागि प्रत्येक दिन सााझ ६ देखि ९ बजेसम्म पसल खोल्न दिने र ढुंगा, गिट्टी, बालुवा लगाएतका निर्माण सामग्री ढुवानी विहान ६ देखि सााझ ६ बजेसम्म गर्न दिने निर्णय भएको उहाँले बताउनुभयो । 

यसैगरी घोराही सिमेण्ट उद्योगका गाडी चुनढुंगा बोक्न बेलुका ५ देखि राती १२ बजे र सोनापुर सिमेण्टका गाडी बिहान ९ देखि बेलुका ७ बजेसम्म चल्न पाउने निर्णय भएको पौडेलले जानकारी दिनुभयो । जिल्लामा हालसम्म १० हजार ७ सय ५५ जना संक्रमित भएको र त्यसमध्ये ८ हजार ९ सय ६५ जना निको भैसकेको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो । अहिले १ हजार ५ सय ८१ सक्रिय संक्रमित रहेको उहाँले बताउनुभयो । हालसम्म जिल्लामा कोरोना संक्रमणका कारण २ सय ९ जनाको मृत्यु भएको चन्दले उल्लेख गर्नुभयो । 


प्रतिक्रिया