कांग्रेस प्रदेश २ सरकारमा सहभागी हुँदै, साढे ७ बजे शपथ

जेष्ठ २६, २०७८ | जनकपूर

नेपाली कांग्रेस तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हाल्दै प्रदेश २ सरकारमा सहभागि हुन तयार भएको छ । तीन महत्वपूर्ण मन्त्रालय दिने सहमती भएपछि आज साँझ साढे ७ बजे कांग्रेसका मन्त्रीको शपथ ग्रहण कार्यक्रम राखिएको छ । कांग्रेसका प्रदेश २ का संसदिय दलका नेता रामसरोज यादवको नेतृत्वमा कांग्रेस सरकारमा सहभागि हुन लागेको हो । 

यादवलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । मुख्यमन्त्री राउतसहितको बैठकमा सहभागि कांग्रेसका नेता जिवनाथ चौधरीले संसदीय दलका नेता यादवको नेतृत्वमा प्रदेश सरकारमा सहभागि हुने सहमति भएको बताउनुभयो । 


प्रतिक्रिया