‘रेल सेवा सञ्चालनमा ल्याउने सबै तयारी पुरा’

श्रावण ३, २०७८

भारतको इस्ट सेन्ट्रल रेल्वेको डिजल लोकोमोटिभले १ सय २० किलोमिटर प्रतिघण्टाको रफ्तारमा कुदाएर नेपाल रेल्वेको ट्रयाक गति परीक्षण गरेको छ । रेलको ट्रयाक निर्माण सकिएको दुई वर्षपछि गति परीक्षण गरिएको हो । सीमावर्ती रेल्वे स्टेशन जयनगरबाट भारतीय रेलको वातानुकुलित निरिक्षण यानले धनुषाको कुर्थासम्म ३६ किलोमिटर रेल्वे ट्रयाकको गति परीक्षण गरेको हो । 

भारतको सो रेल ट्रयाकको गति परीक्षणका लागि प्रयोग गरिन्छ । इञ्जिनसंगै रहेको रेलको एउटा कोचमा नेपाल र भारत रेल्वेका अधिकारी, प्राविधिक र सुरक्षाकर्मी चढेका थिए । जगनगरबाट जनकपुर हुँदै कुर्थासम्म ४०–५० को गतिमा कुदेको भारतीय रेल भने कुर्थाबाट जयनगर फर्किदा करिव १ सय २० कै स्पिडमा रहेको जनकपुर रेल्वेका प्रमुख इञ्जिनियर बिनोद ओझाले बताउनुभयो । 

सामान्य गतिमा ट्रयाकको परीक्षण गरिएपछि फर्किदा रफ्तार १ सय २० को गतिमा रहेको उहाँले बताउनुभयो । ट्रयाक जाँचसंगै अव रेल सेवा सञ्चालनमा ल्याउने सबै तयारी पुरा भएको ओझाले बताउनुभयो । 


प्रतिक्रिया