पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि

श्रावण १०, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार २ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ५ सय ६९ पीसीआर परीक्षण गर्दा एक हजार ५ सय ३९ र ३ हजार २ सय ६५ एन्टीजेन परीक्षणबाट ६ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमध्ये काठमाण्डौंमा ४ सय ६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ गरी ६ सय २४ जनामा संक्रमण पुष्टि भएको हो । 

सोही अवधिमा दुई हजार ५० जना संक्रमणमुक्र भएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा सबै भन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका ३ सय ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मूलुकका विभिन्न अस्पतालको आइसीयुमा ६ सय ६६ र भेन्टिलेटरमा एक सय ६८ जनाको उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

पछिल्लो २४ घण्टामा १८ जनाको कोरोना संक्रमितको मृत्यु भएसंगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७ सय १३ पुगेको छ । 


प्रतिक्रिया