पार्टीमा बाटो बिराएकालाई फर्केर आउन नेकपा एमालेका अध्यक्ष ओलीको आग्रह

श्रावण १०, २०७८ | काठमाडौं

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा बाटो बिराएकालाई फर्केर आउन आग्रह गर्नु भएको छ । अखिल नेपाल महिला संघ अनेम संघको सचिवालयको प्रथम बैठकलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । यसअघि पनि बाटो बिराएकालाई आममाफी दिने घोषणा गर्नु भएको थियो । 

देशको सबैभन्दा बढी जनसंख्या एमालेमा रहेकाले परिपक्व राजनीतिक पार्टी भएको उहाँको दाबी थियो । अध्यक्ष ओलीले एमाले पनि भन्न नछाड्ने, अनुचित क्रियाकलापमा सहभागी हुने क्रियाकलाप अपराध विषय भएको र यसले लोकतान्त्रिक आन्दोलनलाई असर परेको बताउनुभयो । संघका संयोजक थममाया थापाले पार्टीलाई संगठित भएर अगाडि बढाउनुपर्ने र यसका लागि योजनाबद्ध तरिकाले अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 


प्रतिक्रिया