काठमाण्डौं उपत्यकामा निषेधाज्ञा १० दिन थप

श्रावण १०, २०७८ | काठमाडौं

काठमाडौं उपत्यकामा भोलिदेखि लागु हुने गरी निषेधाज्ञा १० दिनका लागि थप गरिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुखहरुको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाण्डौंले सूचना जारी गरी सार्वजनिक सवारी खुले पनि उपत्यकाभित्र होटेल, रेष्टुरेस्टमा कडाइ हुने उल्लेख गरेको छ । 

काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीद्वारा जारी सूचनामा सवारी साधनमा स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको छ । यस्तै परीक्षा सञ्चालनका विषयमा एउटा हलमा २५ जना मात्र राख्न आग्रह गरिएको छ । पछिल्लो पटक थप गरिएको निषेधाज्ञा आज राति १२ बजे सकिंदैछ । 


प्रतिक्रिया