स्वास्थ्य राज्यमन्त्रीका श्रेष्ठ नियुक्त

श्रावण १०, २०७८ | काठमाडौं

कांग्रेस सांसद उमेश श्रेष्ठ स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त हुनु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सांसद श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (९) बमोजिम श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरिएको उल्लेख छ । श्रेष्ठको नियुक्तिसंगै प्रधानमन्त्रीसहित मन्त्रिपरिषद् ६ सदस्यीय बनेको छ ।

 यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको मन्त्रिमण्डलमा कानुनमा ज्ञानेन्द्रबाहादुर कार्की, गृहमा बालकृष्ण खाँण, अर्थमा जनार्दन शर्मा र ऊर्जा मन्त्रीमा पम्फा भुसाल नियुक्त भइसकेका छन् ।


प्रतिक्रिया