गृहमन्त्री खाँण र अमेरिकी राजदूत बेरीबीच भेट

श्रावण ११, २०७८ | काठमाडौं

गृहमन्त्री बाल कृष्ण खाँण र नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी बीच गृहमन्त्रालयमा आज भेट भएको छ । भेटमा गृहमन्त्री खाँणले सरकारको अहिलेको प्रमुख प्राथमिकता कोारेना महामारी नियन्त्रण रोकथाम तथा खोप वितरण भएको जानकारी गराउनुभयो ।

 अमेरिकाले हालसम्म पुर्‍याएको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा समेत थप सहयोगका लागि गृहमन्त्री खाँणले आग्रह गर्नुभयो । सो क्रममा राजदूत वेरीले नेपाललाई थप खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  


प्रतिक्रिया