६ महिना देखी कोहलपुरबाट हराएका तीन बालबालिका भेटिए

श्रावण ११, २०७८

बाँकेको कोहलपुरबाट ६ महिना अघि हराएका तीन जना बालबालिकालाई भारतको बरेलीबाट उद्धार गरेर कोहलपुर ल्याइएको छ । 

भारतको बरेली स्थित एक बालगृहमा भेटिएका कोहलपुर नगरपालिका ४ का ७ देखि ९ वर्षका दुइ बालक र एक बालिकालाई उद्धार गरि कोहलपुर पुर्‍याइएको कोहलपुर ४ का वडा अध्यक्ष तिरथ राम थारुले बताउनुभयो ।

 वडा अध्यक्ष थारु लागतयतको टोलीले बरेलीबाट उद्धार गरि प्रबासी मित्र मञ्चको सहयोगमा रुपन्देही हुँदै उनीहरुलाई कोहलपुर पुर्‍याएको हो । तीनैजना बालवालिकाहरुलाई कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको रोहवरमा आफन्तको जिम्मा लगाईएको छ । 


प्रतिक्रिया