सिन्धुलीगढी युद्ध संग्राहलयको राष्ट्रपति भण्डारीले उद्घाटन गर्दै

श्रावण १३, २०७८ | काठमाडौं

नेपाली सेनाले सिन्धुलीगढीमा निर्माण गरेको युद्ध संग्राहलयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दै हुनुहुन्छ ।

 कमलामाई नगरपालिका–३ को ऐतिहासिक सिन्धुलीगढीमा निर्माण भएको युद्ध संग्राहलयमा वीर गोर्खा फौज र अंग्रेज सेनाबीच वि.सं. १८२४ मा भएको लडाइँलाई स्मरण गराउने सामाग्रीहरु राखिएको नेपालीको सेनाको वर्दबहादुर गणले जनाएको छ । ।

तत्कालिन कान्तिपुरका राजा जयप्रकास मल्ललाई सहयोग गर्न कप्तान किनलोकको नेतृत्वमा आधुनिक हतियार सहित आएको २४ सय अंग्रेज फौजलाई नेपाल एकीकरणमा रहेका गोर्खाका राजा पृथ्वीनारायण शाहका गोर्खाली फौजले सिन्धुलीगढीमा घरेलु हतियार र रैथाने झारपात, अरिङालको गोलाको मद्धत लिएर युद्धमा पराजित गरी धपाएको इतिहासलाई पनि संग्राहलयमा राखिएको छ । 


प्रतिक्रिया