कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप

श्रावण १३, २०७८ | काठमाडौं

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ । पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको आजको बैठकले समितिलाई विवाद निरुपणका लागि एक दिनको समय प्रदान दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठक भोलि पुन: बस्दैछ ।

२०७७ फागुन ६ गते कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले आसन्न १४ औा महाधिवेशनका लागि देशभरका सम्पूर्ण क्रियाशील सदस्यको नामावलीको विवरणलाई अद्यावधिक गरी अन्तिम नामावली तयार गर्न समिति गठन गरेको थियो । कांग्रेसमा १४ औं महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता संख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

बारा र सप्तरी जिल्ला कार्यसमितिको क्रियाशील सदस्यता विवरण ढिला विवरण प्राप्त भएको तथा पार्टीको समायोजनका कारण सिन्धुपाल्चोक, रसुवा, काभ्रेपलाञ्चोक, धनुषा, सर्लाही, कैलालीका केही क्षेत्रको क्रियाशील सदस्यता विवाद टुंगिन बाँकी रहेको समितिले जनाएको छ । 


प्रतिक्रिया