नेपालमा बाघ बढ्यो, बासस्थान र आहारा व्यवस्थापनमा भने चुनौती

रेडियो कान्तिपुर संवाददाता

श्रावण १४, २०७८ | काठमाडौं

नेपालका जंगलमा बाघको संख्या उल्लेख्य वृद्धि भएसँगै बासस्थान, चरण र आहारा व्यवस्थापनमा चुनौती देखापरेको छ । सन् २०१० मा १ सय २१ को संख्यामा रहेका बाघको संख्या सन् २०२२ सम्ममा दोब्बर बनाउने लक्ष्य उन्मुख रहेपनि चरिचरण, आहाराको चुनौती देखिएको राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रवक्ता हरिभद्र आचार्यले बताउनुभएको छ । सन् २०१८ मा गरिएको पछिल्लो गणनामा नेपालमा बाघको संख्या २ सय २१ पुगेको थियो ।

बर्दिया र चितवनमा संख्या उत्साहजनक रुपमा बढेपनि सडकमा बाघ देखा पर्दा मानव र बाघबीचको द्धन्द्धले क्षति निम्त्याएको आचार्यले बताउनुभयो । राष्ट्रिय प्रकृति संरक्षण कोषले बाघको अस्तित्व–मानव दायित्व नाराका साथ आज विभिन्न कार्यक्रम गरी बाघ दिवस मनाउँदैछ । 


प्रतिक्रिया