बाबु आमा गुमाउँदा बिचल्लीमा परेका एकै घरका चार बालबालिकाको उद्धार

रेडियो कान्तिपुर संवाददाता

श्रावण १५, २०७८ | सल्यान

तीन बर्षअघि आमा र गत चैत्रमा बाबु गुमाउँदा बिचल्लीमा परेका छत्रेश्वरी गाउँपालिका–४ भेरीखोरका एकै घरका चार बालबालिकाको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई र छत्रेश्वरी गाउँपालिकाको पहलमा अभिभावक विहिन भएका बालबालिकाको उद्धार गरिएको हो ।

उद्धार गरिएकामा १२ वर्षीया अमृता ओली, उनका ११ वर्षीय भाई मोहन, ८ वर्षीय तिलक र बहिनी ५ वर्षीया जानकी छन् । उद्धार गरिएका उनीहरुलाई अहिले एसओएस बालग्राम भैरहवामा राखिएको छ । 


प्रतिक्रिया