म्याग्दीमा जीप दुर्घटनाः एक जनाको मृत्यु, ८ जना घाइते

रेडियो कान्तिपुर संवाददाता

श्रावण १५, २०७८ | म्याग्दी

म्याग्दीको धवलागिरी गाउँपालिका–७, धारापानी नजिकै वादिकाको भीरमा यात्रुवाहक जीप पल्टदा एक जनाको घटनास्थलमा मृत्यु भएको छ ।

ताकमबाट सदरमुकाम बेनीतर्फ गइरहेको ग १ ज ६८०५ नम्बरको जीप विहान ११ बजेतिर दुर्घटना हुँदा २७ वर्षीय विशाल सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते चालकसहित ८ जनाको मालिका गाउँपालिकास्थित प्राथमिक स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक श्यामकुमार राईले भन्नुभयो– ‘अप्ठ्यारो भीरको ओरालो सडकबाट भीर तर्फ गुल्टेको गाडी संयोगले सल्लाको रुखमा अड्केकाले थप मानवीय क्षति टरेको छ ।’


प्रतिक्रिया