एसिड प्रहारमा श्रीमानलाई कसुर ठहर

श्रावण २५, २०७८ | जनकपुर

आरती साहलाई एसिड प्रहार गरेको अभियोगमा पक्राउ परेका उनका श्रीमान सञ्जीव साहलाई जिल्ला आदालत धनुषाले कसुरदार ठहर गरेको छ । जिल्ला न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सञ्जीवलाई दोषी ठहर गर्दै एसिड बेच्ने नागेन्द्र साहलाई भने सफाई दिएको छ । 

कसुरदार ठहरिएका सञ्जीवलाई तोकिने कैद सजाय र क्षतिपूर्तिका लागि एक महिनाभित्रै अर्को फैसला हुने जिल्ला अदालत धनुषाका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिनुभयो । सरकारले गत वर्ष जारी गरेको तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश अनुसार कैद सजाय तोकिने मिश्रले बताउनुभयो । 

एसिड आक्रमणबाट दाहिने आँखा नै गुमाएकी आरतीको काठमाडौंमा उपचार भईरहेको छ । उनको कृत्रिम आँखा लगाउने उपचार भईरहेको छ । छुट्टिएर बसिरहेकी आरती र छोरीलाई डेरामै पुगेर गत वर्ष कात्तिक २९ गते बिहान सञ्जीवले एसिड प्रहार गरेका थिए । सञ्जीव र आरतीको ५ वर्षअघि विवाह भएको थियो ।


प्रतिक्रिया