लमजुङमा चितुवा मृत अवस्थामा भेटियो

लमजुङको बेंसीसहर नगरपालिका–२, मनकामना नजिकै सडकमा फेला परेको चितुवा । तस्बिर : रेडियो कान्तिपुर । 

भाद्र ८, २०७८ | लमजुङ

बेंसीसहर नगरपालिका–२, मनकामना नजिकै सडकमा मरेको अवस्थामा चितुवा भेटिएको छ । डुम्रे–बेंसीसहर सडकमा पर्ने भकुण्डे र गैरीबीचको सडकमा मंगलबार बिहान चितुवा मृत अवस्थामा फेला परेको हो । 

डिभिजन वन कार्यलयका अधिकृत कृष्णप्रसाद अर्यालका अनुसार करीब २ वर्ष उमेरको पोथी चितुवा मृत अवस्थामा फेला परेको हो । उहाँले भन्नुभयो, ‘बिहान मर्निङ वकमा जाने स्थानीयले देखेपछि प्रहरी र हामीलाई फोन आयो । पछि हेर्न जाादा चितुवा मृत अवस्थामा भेटियो ।’

उहाँका अनुसार मृत चितुवामा घाउ चोटपटक केही छैन । कसैले मारेको वा सवारी साधनले ठक्कर दिएको हुन सक्ने भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीसंगै वन कार्यालयका कर्मचारीले सनाखत गरेपछि चितुवालाई डिभिजन वन कार्यालयमा ल्याएको र कार्यालय परिसरमा गाढेको अर्यालले जानकारी दिनुभयो । 

मृत चितुवा ५ फिट ५ इन्च लम्बाई, २ फिट उचाई र २ फिट गोलाइको छ । अन्दाजी १६ किलोग्राम तौल रहेको छ । डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले सडकम मृत अवस्थामा भेटिएको चितुवाको शरीरमा कुनै प्रकारको घाउ चोटपटक नरहको र कुनै ठाउाबाट पनि रगत नबगेको अवस्थामा भेटिएको बताउनुभयो । 

उहाँले चितुवाको मृत्युको कारण पनि पत्ता लगाउन नसकिएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मृत चितुवालाई हामी, प्रहरी साथै स्थानीयको रोहबरमा खाडल खनी गाड्यौं ।’


प्रतिक्रिया