लुम्बिनी प्रदेशको रिक्त जसपाको समानुपातिक सांसदमा भट्टराई चयन

भाद्र २३, २०७८ | बुटवल

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) को रिक्त समानुपातिक सांसदमा नियुक्त निर्मला मुडभरी भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गर्नु भएको छ । 

प्रदेशसभामा बुधबार आयोजित समारोहमा सभामुख पूर्णबहादुर घर्तीले भट्टराईलाई पद तथा गोपनीयताको शपथ खुवाउनु भएको हो । भट्टराईलाई निर्वाचन आयोगले भदौ १५ गते समानुपातिक सदस्यमा निर्वाचित भएको प्रमाणपत्र दिएको थियो । 

भट्टराईसँगै लुम्बिनी प्रदेश सभामा सांसदको संख्या ८१ पुगेको छ । भट्टराई रुपन्देहीको सियारी गाउँपालिका–५ निवासी हुन् ।

यसअघि प्रदेशसभा सदस्य कल्पना पाण्डे कारबाहीमा परेपछि खाली रहेको सो स्थानमा भट्टराईलाई सिफारिस गरिएको थियो । शंकर पोखरेल नेतृत्वको सरकारमा सहभागी भएको एवं सरकारको नीति कार्यक्रममा समर्थन गरेको भन्दै उपेन्द्र यादव समूहले पाण्डे लगायत ३ जना सांसदलाई कारबाही गरेको थियो । 

यद्यपि, सांसद पदमा पुर्नस्थापना सहित उनीहरुको मुद्दा सर्वोच्च अदालतमा चलिरहेको छ । आगामी पेशी असोज ११ मा तोकेको छ । उनलाई जसपा विभाजनपछि जनप्रतिनिधिको हैसियतमा निर्वाचन आयोगको कार्यालयले पाटी रोज्न पाउने अधिकारमा सनाखद समेत गराएको छ । 


प्रतिक्रिया