विराटनगरमा दिनदहाडै खुकुरी प्रहार

आश्विन १०, २०७८

उच्च अदालत विराटनगर अगाडि इटा उद्योगी भक्तपुरको सूर्यविनायक नगरपालिका ८ का ३२ वर्षीय कमानसिंह लामामाथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट घाइते लामाको विराटनगर अस्पतालमा उपचार भइरहेको हो । खुकुरी प्रहार गर्ने विराटनगर ६ रामपुरका २५ वर्षीय बिमल कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताउनुभयो । 

उच्च अदालततर्फ आइरहेका मोटरसाइकलमा सवार कार्कीले कानुन व्यवसायीको ल फर्मबाट उच्च अदालतको गेट अगाडि सडकमा निस्केका लामामाथि खुकुरी प्रहार गरेर घाइते बनाएको प्रत्यक्षदर्शीले बताए । खुकुरी प्रहारपछि कोशी अस्पतालतर्फ भागेका कार्कीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामाको कटहरी गाउँपालिका ६ मा समेत इटा उद्योग रहेको र त्यसमै भएको विवाद अदालतमा बिचाराधिन छ । मुद्दाकै सिलसिलामा आएका लामामाथि खुकुरी प्रहार भएको अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जीसीले बताउनुभयो ।  


प्रतिक्रिया