गण्डकीमा विश्वकर्मा प्रदेश मन्त्री नियुक्त

आश्विन २५, २०७८ | पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डोबाटे विश्वकर्मालाई मन्त्री नियुक्त गर्नु भएको छ । कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको मुख्यमन्त्रीका प्रेस संयोजक भरत कोइरालाले जानकारी दिनुभयो । कांग्रेस सांसद डोबाटे तनहुँका हुन् ।

 डोबाटेको सोमबार आज साँझ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ । डोबाटेको नियुक्तसंगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ ।


प्रतिक्रिया