बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा १ को मृत्यु, १ घाइते

आश्विन २७, २०७८ | बैतडी

बैतडीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । एक घाइते छन् । मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका- ३ पंसेरा निवासी २३ वर्षका योगेश पाल छन् ।

 गोकुलेश्वरबाट सद्बाजतर्फ आइरहेको ट्र्याक्टर मंगलबार राति करिब १२ बजे दोगडाकेदार गाउँपालिका-३ तारनमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा घाइते पालको उपचारका क्रममा जिल्ला अस्पताल बैतडीमा मृत्यु भएको हो ।

ट्र्याक्टर चालक पाल नै थिए । ट्याक्टरमा रहेको सोही स्थानका २० वर्षीय रुपेश कोली घाइते भएको जिल्ला प्रहरी प्रवक्ता दर्शन खड्काले जानकारी दिनुभयो ।


प्रतिक्रिया