आज पनि आफन्त तथा मान्यजनबाट टीका जमरा र ग्रहण गरी मनाइँदै

आश्विन ३१, २०७८ | काठमाडौं

विजयादशमीको तेस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका जमरा र ग्रहण गरी मनाइँदैछ । विभिन्न कारण घरबाट टाढा रही टीका लगाउन छुटेकाले पुर्णिमासम्म नै आफन्त र मान्यजनको हातबाट टीका लगाउने चलन छ । 

मुलुकका पश्चिमी केही जिल्लामा दशमीको दिन मात्र टीका थाप्ने प्रचलन रहेपनि अन्य जिल्लामा भने कोजाग्रत पूर्णिमा अर्थात् बिहिवारसम्म मान्यजनबाट टीका थापेर आर्शिवाद लिने गरिन्छ ।

 मान्यजनबाट दुर्गाको प्रसादका रुपमा टीका ग्रहण गर्दा अन्य फूलका साथै घटस्थापनाका दिनमा वैदिक विधिपूर्वक राखिएका पहेंलो जमरालाई समृद्धिको प्रतीकको रुप मानी शीरमा लगाउने गरिन्छ ।


प्रतिक्रिया