स्वास्थ्यमा समस्या देखिएपछि मोहन बैद्य अस्पताल भर्ना

आश्विन ३१, २०७८ | काठमाडौं

स्वास्थ्यमा समस्या देखिएपछि नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य अस्पताल भर्ना हुनुभएको छ । 

दम बढेपछि बैद्यलाई आज बिहान काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । बैद्यको छातीमा सामान्य दाग देखिएको छ । 

बैद्य लामो समयदेखि निमोनियाबाट पीडित हुनुहुन्छ । बैद्यको उपचार जारी रहेको र अवस्था सामान्य रहेको चिकित्सकलाई उद्दृत गर्दै पारिवारिक स्रोतले जनाएको छ ।   


प्रतिक्रिया