पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

कार्तिक १, २०७८ | काठमाडौं

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ६ सय ५४ पीसीआर परीक्षणमा ५ सय २३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार ४३ एन्टिजेन परीक्षणमा ६८ जनामा संक्रमण पुष्टि भएको छ । 

पछिल्लो २४ घण्टामा थप ९ सय ३७ जना संक्रमणमुक्त भएका छन् । यस्तै ९ जनाको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २ सय ९३ पुगेको छ । सक्रिय संक्रमितको संख्या ११ हजार ८ सय ७४ रहेको मन्त्रालयले जनाएको छ । 


प्रतिक्रिया