प्रदेश २ का मन्त्री रामनरेश राय पदमुक्त

कार्तिक ३०, २०७८ | काठमाडौं

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री रामनरेश रायलाई आज पदमुक्त गर्नुभएको छ । मुख्यमन्त्री राउतका प्रमुख स्वकिय सचिव जितेन्द्र यादवका अनुसार मन्त्री रायलाई पदमुक्त गरिएको पत्र प्रदेश प्रमुखलाई पठाइ सकिएको छ । 

प्रदेश मन्त्री राय संघीय कृषि तथा पशुपंक्षी मन्त्री महेन्द्र राय यादव निकट हुनुहुन्छ । तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)बाट समानुपातिक प्रदेश सांसद बनेका राय महेन्द्रकै कोटामा प्रदेश सरकारमा मन्त्री बन्नु भएको थियो । 

महेन्द्रसंगै रायले पनि जनता समाजवादी पार्टी रोज्नु भएको थियो । नेकपा समाजवादी एकीकृतलाई प्रदेश सरकारमा सहभागि गराउन मुख्यमन्त्री राउतले मन्त्री रायलाई पदमुक्त गरेको आकंलन गरिएको छ । यसअघि मुख्यमन्त्री राउतले राजीनामा दिन निर्देशन दिएपनि मन्त्री रायले अटेर गर्दै आउनुभएको थियो । 


प्रतिक्रिया