उच्च सतर्कता अपनाउन डब्लुएचओको सुझाव

मंसिर १२, २०७८

विश्व स्वास्थ्य संगठन डब्लूएचओले नयाँ भेरियन्ट अफ कन्सर्न ओमिक्रोन पत्ता लागेसंगै नेपाललगायत दक्षिण–पूर्वी एसियाका देशहरुलाई उच्च सतर्कता अपनाउन सुझाव दिएको छ । विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया हेर्ने क्षेत्रीय कार्यालयले विज्ञप्ती जारी गर्दै सबै देशहरूले सर्भेलेन्स, जनस्वास्थ्यका मापदण्ड, सामाजिक दूरीका साथै खोप कार्यक्रमलाई बढावा दिनुपर्ने बताएको छ । 

डब्लूएचओकी क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले दक्षिण–पूर्वी एसियाका अधिकांस देशहरुमा कोभिड–१९ संक्रमितहरुको संख्या तुलनात्मक रुपमा कम हुँदै गएपनि विश्वका केही देशमा नयाँ भेरियन्ट फेला परेकाले अझैपनि संक्रमणको जोखिम पूर्णरुपमा हटि नसकेको उल्लेख गर्नुभएको छ ।

 विज्ञप्तीमा दक्षिण–पूर्वी एसियाका सबै देशहरुले सर्भेलेन्सका साथै सिक्वेन्सिङमा पनि जोड दिनुपर्ने उल्लेख छ । यस्तै, सबैले अन्य देशबाट आफ्नो देशमा नयाँ भेरियन्टलाई भित्रिन नदिनका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नेहरु माथि थप निगरानीका साथै नियन्त्रणका उचित उपायहरु उपनाउन समेत सुझाव दिएको छ । उहाँले अहिले पनि भाइरस नियन्त्रणको सबैभन्दा सजिलो उपाय भनेको मास्कको उचित प्रयोग, सामाजिक दूरी, भीडभाडबाट टाढा रहने, स्यानिटाइजेसन र खोपको प्रयोग नै रहेको बताउनु भएको छ । 


प्रतिक्रिया