४५ जिल्लामा नयाँ नेतृत्व

मंसिर १२, २०७८

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत अहिलेसम्म ४५ जिल्लाले नयाँ नेतृत्व पाएका छन् । केन्द्रीय महाधिवेशनको संघारमा रहेको कांग्रेसले अहिले जिल्ला अधिवेशन गरिरहेको छ । मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कांग्रेसले बिहिबार र शुक्रबार प्रदेश अघिवेशन सक्ने जनाएको छ । यसैबीच, कांग्रेसको वडा अधिवेशन अन्तर्गत सर्लाहीको बलरा नगरपालिकामा विवाद हुँदा गोली चलेको छ । प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंगरक्षकले गोली चलाएका सहकर्मी ओमप्रकाश ठाकुरले जनाएका छन् । विवादका कारण बलरा नगरपालिकाको ८ र ९ नम्बर वडाको अधिवेशन रोकिएको छ । यस्तै, महाधिवेशनको मुखैमा कांग्रेसले केन्द्रीय निर्वाचन समिति संयोजक परिर्वतन गरेको छ । प्रधानमन्त्री समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कानुन ब्यवसायी गोपालकृष्ण घिमिरेलाई संयोजकमा मनोनयन गर्नुभएको हो । स्वास्थ्यको कारण देखाउँदै संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएपछि देउवाले घिमिरेलाई मनोनयन गर्नुभएको पार्टी कार्यालयका कार्यबाहक मुख्य सचिव प्रदीप पराजुलीले बताउनुभयो ।  


प्रतिक्रिया