मनाङमा यातायात सेवा ठप्प

पुस १६, २०७८

मनाङमा भीषण हिमपातपछि यातायात सेवा ठप्प भएको छ । हिउँ जमेपछि आवतजावतमा पनि कठिन भएको छ । बाटोको हिउँ फाल्न सुरक्षाकर्मी पोषाकसहित निस्किएका छन् । सशस्त्र प्रहरी बलका डीएसपी अर्जुन पौडेलका अनुसार हिजो बिहान ५ बजेदेखि शुरु भएको हिमपात रोकिएको छ । दिउँसो सम्म सरकारी कार्यालय क्षेत्रबाट तल्लो बजारसम्मको सडक र पैदलमार्गको हिउँ फालेको उहाँले बताउनुभयो । 

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले करीब ५ किलोमिटर बाटो तथा सडकको हिउा हटाएको छ । प्रमुख जिल्ला अधिकारी रविन्द्रप्रसाद आचार्यले नागरिकलाई सरकारी सेवा लिन तथा अत्यावश्यक काममा आवतजावत गर्ने कामलाई सहज बनाउन बाटो र सडकको हिउँ फाल्न सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 


प्रतिक्रिया