प्रधानमन्त्री देउवाको सम्वोधन: ६ महिनाको कामबाट स्थायित्व र विकासका लागि बलियो आधार निर्माण

रेडियो कान्तिपुर संवाददाता

माघ ७, २०७८ | काठमाडौं

प्रधानमन्त्री शेरवहादुर देउवाले राष्ट्रका नाममा सम्वोधन गर्दै आफू नेतृत्वको सरकार बनेपछि मुलुकमा राजनीतिक स्थायित्व र विकासको आधार तयार भएको बताउनुभएको छ । प्रधानमन्त्री भएको ६ महिनापछि पहिलो पटक राष्ट्रका नाममा सम्वोधन गर्दै देउवाले संविधानको रक्षा र विधिको शासन कायम भएकाले सरकार सही दिशामा रहेको बताउनुभयो । संसदमा देखिएको गतिरोध सबै दलसँगको सम्वादमा अन्त्य गरिने उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाको पूर्णता तथा संघीयता कार्यन्वयनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयो ।

सम्वोधनका क्रममा प्रधानमन्त्रीले ६ महिनाको अवधिमा भएका विकास निर्माण तथा कोरोना नियन्त्रण लगायतमा भएका काम समेत सार्वजनिक गर्नुभएको थियो । सो क्रममा उहाँले जनतामा सरकारप्रति भरोसा बढेको दावी गर्नुभयो । देउवा पाँच दलीय गठबन्धनको समर्थनमा गत असार २९ गते प्रधानमन्त्री नियुक्त हुनुभएको थियो ।


प्रतिक्रिया