ओखलढुंगाको नारायणस्थानमा जीप दुर्घटना: तीन जनाको मृत्यु

रेडियो कान्तिपुर संवाददाता

माघ ९, २०७८ | काठमाडौं


ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ३ नारायणस्थानमा जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा १० वर्षीय युसव कोइराला, ७ वर्षीया युनिशा कोइराला र ३० वर्षीय हेम मगरको मृत्यु भएको प्रहरीले जनाएको छ । मानेभन्ज्याङ गाउँपालिकाबाट सदरमुकामतर्फ आइरहेको को १ ज ३५६९ नम्बरको जीपमा ढुंगा खसेको थियो । दुर्घटनामा घाइते भएका लक्ष्मी कोइराला, देवबहादुर श्रेष्ठ र सञ्जीव श्रेष्ठको ओखलढुंगा सामुदायिक अस्पतालमा उपचार भइरहेको छ । 


प्रतिक्रिया