राजमार्गको निर्माणधिन नालामा खसेर गैंडा मर्‍यो

माघ ९, २०७८ | चितवन

पूर्व–पश्चिम महेन्द्रराजमार्ग अन्तर्गत चितवन खण्डमा निर्माणाधिन नालामा खसेर एउटा गैंडा मरेको छ । भरतपुर महानगरपालिका–९ गोन्द्राङ नजिक नालामा खसेर दुर्लभ वन्यजन्तु गैंडाको मरेको चितवन जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

दिउँसो ३ बजे उक्त घटना भएको डीएसपी नरहरि अधिकारीले बताउनुभयो । राजमार्गको भरतपुर गोन्द्राङ खण्डलाई ६ लेनको बनाउन धमाधम काम भइरहेको छ । गोन्द्राङ नजिक टिकौली बरण्डाभार जंगल छ । 

बरण्डाभार जंगल चितवन निकुञ्जका जनावरहरु चुरेर महाभारत ओहर दोहर गर्ने जैविक मार्ग हो । टिकौली आडमा दिउँसै गैंडा र चित्तलका बथानहरु हिँड्ने र चर्ने गर्छन् । 

व्यक्तिगत तवरमा निर्माण कार्य गर्दा गैंडा लगायतका दुर्लभ वन्यजन्तु त्यस्ता संरचनामा परेर मरेमा कानुनी कारवाही समेत हुने गरेको छ । घटनाका बारेमा भरतपुरको डिभिजन वन कार्यालयका अधिकारीहरु सहित अनुसन्धान अगाडि बढेको डीएसपी अधिकारीले बताउनुभयो । 


प्रतिक्रिया