निर्वाचन कानून संसोधन गर्न सत्तारुढ दललाई विज्ञहरुको सुझाव

माघ ९, २०७८ | काठमाडौं

स्थानीय तह निर्वाचन मितिबारे अलमल भइरहेका बेला सत्तारुढ दलले आज संविधानविद् र कानूनविद्सँग निर्वाचन कानूनबारे परामर्श गरेका छन् । 

स्थानीय तहको निर्वाचन बारे संविधान र निर्वाचन ऐनका प्रावधानलाई लिएर जटिलता देखिएपछि उनीहरुले त्यसबारे परामर्श गरेका हुन् । छलफलपछि सरकारका प्रवक्ता एवम् सञ्चार मन्त्री ज्ञानेन्द्रवहादुर कार्कीले संविधानसँग बाँझिएको कानून संसोधन गर्न सुझाव प्राप्त भएको बताउनुभयो ।

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री कार्कीले गठबन्धन सरकार संविधानको मर्म र भावनाबमोजिम नै निर्वाचन गर्ने गरी अघि बढ्ने दाबी गर्नुभयो ।

कानूनविद्हरुसँगको परामर्शमा प्रधानमन्त्री शेरवहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई लगायत नेता सहभागी भएका थिए ।


प्रतिक्रिया