आकस्मिक काम बाहेक भारत आवतजावतमा कडाइ

फाइल फोटो  

माघ ९, २०७८ | कञ्चनपुर

कोरोना संक्रमणको बढ्दो जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आकस्मिक काम बाहेक भारततर्फ हुने आवागमनमा कडाइ गर्ने भएको छ । 

आइतबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले सोमबारदेखि सामान्य किनमेलका लागि हुने आवागमनमा रोक लगाउने निर्णय गरेको हो । 

रोजगारी, उपचार लगायत अत्यावश्यक कामका लागि हुने आवागमनमा भने कुनै रोक नलगाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

सीमा क्षेत्रमा स्वास्थ्यकर्मीदेखि सुरक्षाकर्मी र भन्सारमा कार्यरत कर्मचारी समेत संक्रमित भएपछि नाकामा हुने आवागमनमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी राम प्रसाद पाण्डेयले बताउनुभयो । 

‘खासगरी साइकलमा हुने मालसामान ढुवानीलाई नियन्त्रण गर्न खोजिएको हो,’ उहाँले भन्नुभयो, ‘साइकलमा हुने क्यारिंगले संक्रमणको जोखिम बढेको छ ।’ 

गड्डाचौकी नाकामा दैनिक तीन चार सयको संख्यामा स्थानीय सीमावर्ती बजारबाट महेन्द्रनगर तथा आसपासका बजारसम्म मालसामान ढुवानी गर्दछन् । 


प्रतिक्रिया