एकीकृत समाजवादीका अध्यक्ष नेपालको तर्क: २०७९ सालको चैतभित्रमा स्थानीय तहको निर्वाचन गर्न सकिन्छ

माघ ११, २०७८ | काठमाडौं

सत्तारुढ गठबन्धनका एक शीर्ष नेताले संविधानको प्रावधान अनुसार २०७९ सालको चैतभित्रमा स्थानीय तहको निर्वाचन गर्न सकिने बताएका छन् । स्थानीय तहको निर्वाचन पछाडी धकेल्न खोजिएको भन्दै आलोचना भइरहेका बेला एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन अर्को वर्षको चैतभित्र गर्न मिल्ने तर्क गर्नुभएको हो । २०७४ असोज ७ गते स्थानीय तहको अन्तिम मत परिणाम आएकाले त्यही मितिलाई आधार मानेर ६ महिनाभित्र निर्वाचन गर्न सकिने अध्यक्ष नेपालको भनाइ छ ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचनको बिषयमा प्रतिपक्षी एमालेले बखेडा गरेको टिप्पणी समेत गर्नुभयो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले २०७९ को मंसिरभित्र तीन वटै तहको निर्वाचन गर्नेबारे छलफल भइरहेको बताउनुभयो । उहाँले आगामी निर्वाचनसम्म गठबन्धन कायम राखिने समेत बताउनुभयो । सत्तारुढ दलका नेताहरुले गठबन्धन कायम राख्नुपर्ने बताइरहँदा सरकारको नेतृत्वकर्ता नेपाली कंग्रेसभित्र भने राष्ट्रिय सभापछिका सबै निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्नुपर्ने मत व्यक्त भएका छन् । 


प्रतिक्रिया