गैंडा मरेको विषयमा छानबिन गर्न समिति गठन

माघ ११, २०७८ | काठमाडौं

चितवनमा सडक बिस्तारका क्रममा खनिएको खाल्डोमा खसेर गैंडा मरेको  विषयमा छानबिन गर्न सरकारले समिति गठन गरेको छ । 

गैंडाको मरेको घटनाका सम्बन्धमा छानबिन गर्न वन तथा वातावरण मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको हो । मन्त्रालयले वन तथा भू–संरक्षण विभागका उपमहानिर्देशक राजेन्द्र केसीको संयोजकत्वमा समिति गठन गरेको हो । 

केसीको संयोजकत्वमा गठित समितिमा मन्त्रालयका उपसचिव रामजी दनाई, राष्ट्रिय निकुञ्ज तथा वन संरक्षण विभागका योजना अधिकृत दिलबहादुर पुर्जा, चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्य र वन कार्यालय चितवनका अधिकृत पदमराज नेपाल सदस्य रहेका छन् । 

घटना बारे छानबिन गरी १० दिनभित्र मन्त्रालयमा प्रतिवेदन पेस गर्न समितिलाई निर्देशन दिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रस्थित पूर्वपश्चिम राजमार्गको वरण्डाभार वन खण्डमा सडक बिस्तारको क्रममा खनिएको खाल्डोमा खसेर आइतबार एक गैंडा मरेको थियो । 


प्रतिक्रिया