पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि

माघ १२, २०७८

पछिल्लो २४ घण्टामा नेपालमा ८ हजार ४ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १३ हजार ५ सय ४९ पीसीआर परिक्षणमा ५ हजार ५ सय ७१ र ६ हजार ८ सय १० एन्टीजेन परिक्षणमा २ हजार ८ सय ८३ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ३३ जना संक्रमित संक्रमणमुक्त भएका छन् । ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ७२ पुगेको मन्त्रालयको तथ्यांक छ । देशभर ९० हजार ६७ सक्रिय संक्रमित रहेका छन् ।

यसैबीच सरकारले कोभिड १९ विरुद्धको खोप लगाउन छुटेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई यही माघ १६ गतेदेखि खोपको व्यवस्था गरेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण प्रसाद पौडेललेनजिकको स्वास्थ्य केन्द्रमा गएर खोप लगाउन आग्रह गर्नुभयो । 


प्रतिक्रिया