भरतपुरको मेयरमा दाबी रहने अध्यक्ष दाहालको भनाई

चैत्र १६, २०७८

पुर्व प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तह निर्वाचनमा सत्तारुढ दलबीच गठबन्धन हुने बताउनु भएको छ । भरतपुर विमानस्थलमा पत्रकारसंग कुरा गर्दै उहाँले भरतपुर महानगरपालकामा माओवादीको नेतृत्वमा दाबी रहने दोहर्‍याउनुभयो । 

अध्यक्ष दाहालले आवश्यक तालमेलसहित स्थानीय चुनाव हुने बताउनुभयो । नेपाली काँग्रेसको मंगलबार बसेको कार्य समितिको निर्णयले गठबन्धन हुने कुरा क्लियर भएको उहाँको भनाई थियो । महानगरपालिका र उपमहानगरपालिकामा सकेसम्म केन्द्रबाटै तालमेल गर्ने छलफल चलेको र भोलि बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने अध्यक्ष दाहालले जानकारी दिनुभयो ।  


प्रतिक्रिया