गाउँपालिका उपाध्यक्षको उम्मेदवारी वडा सदस्यमा

वैशाख १२, २०७९

झापाको कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद सिवाकोटीले वडा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ । एमालेको तर्फबाट उनले कमल ६ नम्बर वडाको खुल्ला सदस्यमा उम्मेदवारी दर्ता गराएको एमाले कमल गाउँ कमिटी सचिव हरि ढकालले पुष्टि गर्नुभयो । 

 बैशाख ३० को निर्वाचनमा उम्मेदवार बन्न सिवाकोटीले ९ गते उपाध्यक्ष पदबाट राजीनामा दिनु भएको थियो । सिवाकोटीले उपाध्यक्षबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी दिनुको कारण नखुलेको सचिव ढकालले बताउनुभयो । पार्टी स्रोतका अनुसार सिवाकोटीलाई जिल्ला समन्वय समितिको संयोजक बनाउने सल्लाहअनुसार वडा सदस्यमा उम्मेदवारी दर्ता गराउन लगाइएको हो । सिवाकोटी साविक लखनपुर गाविसको समेत उपाध्यक्ष हुनुहुन्थ्यो । 


प्रतिक्रिया