घरदैलोका क्रममा पाल्पा गेझामा भएको झडपमा दुई घाइते

वैशाख १८, २०७९ | पाल्पा

उम्मेदवारहरुको घरदैलो अभियानमा पाल्पाको रामपुर नगरपालिका–१०, झेडीबजार सिकोडाँडामा दुई पक्षबीच भएको झडपमा दुई कार्यकर्ता घाइते भएका छन् । एमाले र गठबन्धनका कार्यकर्ताबीच आज झडप भएको हो । नारा लगाएको विषयमा भएको झडपमा रामपुर नगरपालिका–१०, गेझाका डिल्लीराज न्यौपाने र जीवन परियार घाइते भएका हुन् । 

प्रहरीका अनुसार दुबै पक्ष युवाहरु बीच झडप भएको हो । प्रहरी उपरीक्षक जनकबहादुर शाहीले चुनाव प्रचार प्रसारको क्रममा भएको झडपमा दुबैतर्फ दुई/तीन जना सामान्य घाइते भएको बताउनुभयो । सामान्य भएकाले कसैलाई पनि पक्राउ नगरिएको उहाँको भनाई थियो । 


प्रतिक्रिया