गठबन्धन कमजोर पार्न खोजे देश दुर्घटनामा पर्ने खतरा: दाहाल

वैशाख २२, २०७९

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई कमजोर पार्न खोजे देश दुर्घटनामा पर्ने बताउनु भएको छ । चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – मलाई आशंकाले हेरेर गठबन्धन कमजोर पार्न खोज्नु भयो भने म त अब दायाँ बायाँ गर्दिन , तर देश दुर्घटनामा पर्ने खतरा छ , त्यसको जवाफ अहिले यो गठबन्धनको विरोधमा भाषण गर्नेहरुले दिनु पर्ने छ । केहीले प्रचण्डलाई ठेगान लगाउने यही चुनाव हो भनेर लागेका छन् भन्दै काँग्रेसमा फाटो पार्न लागेको दाहालले उल्लेख गर्नुभयो । स्वतन्त्रबाट मेयरमा उम्मेद्वार दिएका जगन्नाथ पौडेललाई केपी ओलीले फोन गरेर टिकी रहनुस् लाष्टमा सप्पै भोट खनाइ दिन्छौं भनेको दाहाललाई बताउनुभयो । चितवनवासी भरतपुरवासी जनताहरु अहिले एउटा ठुलो ऐतिहासिक परिक्षणमा रहेको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यो गठबन्धन राम्रो उद्देश्यले बनेको हो भन्दै यसको भविश्य सुनिश्चित भएको बताउनुभयो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैल स्वतन्त्र उम्मेद्वार जगन्नाथ पौडेल प्रति बढी नै आक्रोशित देखिनुभयो । जगन्नाथले भावावेश र उत्तेजनामा आएर असन्तुष्टी व्यक्त गरेको उहाँको भनाई थियो । उहाँले संविधानले गठबन्धन र संयुक्त सरकारको कल्पना गरेको हुँदा गठबन्धनको वकालत देउवाले भन्दा पहिला आफुले गरेको दाबी गर्नुभयो ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले केपी ओलीको लोकतन्त्र विरोधी गतिविधिका कारण अहिलेको गठबन्धन बनेको हुँदा सबैले साथ दिनु पर्ने बताउनुभयो । सभामा चितवनका काँग्रेस नेताहरु पुर्व जिल्ला सभापति तथा केन्द्रीय सदस्य टेकप्रसाद गुरुङ र निवर्तमान जिल्ला सभापति जितनारायण श्रेष्ठले गठबन्धन दिगो हुने नहुने भन्ने दुविधा रहेका कारण स्पष्ट पार्न आवश्यक रहेको मत राखेका थिए । 


प्रतिक्रिया