पाल्पाको पूर्वखोला सिलुवामा एमालेका वडाध्यक्ष विजयी

वैशाख ३१, २०७९ | पाल्पा

पाल्पाको पूर्वखोला गाउँपालिका १, सिलुवामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । सिलुवामा एमालेका गिरीमान आलेले १ हजार ४ सय ८८ मत ल्याएर प्यानलै विजयी भएका हुन्् । उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका चुनबहादुर थापाले ४ स्य ८६ मत पाए ।

खुल्ला, महिला, दलितगरी चार सदस्य नै एमालेबाट निर्वाचित भएका छन् । यसै वडाबाट गाउँपालिका अध्यक्षका लागि एमालेका नुनबहादुर थापाले १ हजार ४ सय ४१ मत दिएका छन् । एमालेकै उपाध्यक्ष भागिरथी भट्टराईका लागि १ हजार ४ सय ७७ मत दिएका छन् । गठबन्धनकातर्फबाट नेकपा एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार मीन प्रसाद गिरीले ४ सय १ र उपाध्यक्षमा कांग्रेसकी विष्णुदेवी आचार्यले ४ सय ८४ मत पाएकी छन् । 


प्रतिक्रिया