गोरखाको आरुघाटको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

रेडियो कान्तिपुर संवाददाता

जेष्ठ २, २०७९

गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा ५ हजार ५ सय ५६ मतसहित राजु गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी एमालेका उमेदवार कृष्ण बहादुर नेपालीलले ४ हजार ८ सय ३३ मत ल्याउनुभयो । यस्तै गाउँपालिकाको उपाध्यक्षमा उपाध्यक्षमा कांग्रेसको तर्फबाट उम्मेदवार कल्पना नेपालीले ५ हजार ६ सय ३१ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा एमालेकै सिता दाहाल ३ हजार ८ सय १६ मत ल्याउनुभयो । 


प्रतिक्रिया