२१ बर्षे युवा गाउंपालिका अध्यक्ष निर्वाचित

जेष्ठ ४, २०७९

पर्साको कालिकामाई गाउंपालिकामा २१ वर्षीय अध्यक्षमा निर्वाचित भएका छन् । जनता समाजवादी पार्टीको तर्फबाट गाउपालिकाका अध्यक्ष उम्मेदवार बशिष्ट कुमार गुप्ता गाउंपालिका अध्यक्ष पदमा बिजयी हुनु भएको हो । भारतको देहरादुनबाट बीबीएको पढाई सकेर एक वर्षअघि गुप्ता फर्किनु भएको हो । 

उहाँले ३ हजार ७ सय ४३ मत पाउदा उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका अजय कुमारले ३ हजार ६ सय २६ मत प्राप्त गर्नुभयो । निर्वाचन अधिकृत प्रकाश कोइरालाका अनुसार, गाउपालिका उपाध्यक्ष नेपाली काग्रेसकी राजमति बरैनी बिजयी हुनु भएको छ । उहाँले ३ हजार ९ सय ८२ मत प्राप्त गर्नुभयो । उहांकी निटतम प्रतिद्वन्दी जसपाकी सोहनी खातुनले ३ हजार ८ सय ५९ मत प्राप्त गर्नुभयो । 


प्रतिक्रिया