मत परिणाम विवादले रोकिएको भंगाहाको मत गणना अझै शुरु हुन सकेन

जेष्ठ ४, २०७९

महोत्तरीको भंगाहा नगरपालिकामा बुधबार साँझबाट रोकिएको मत गणना अझै शुरु हुन सकेको छैन । निर्वाचन कार्यालयले भंगाहा ८ को मत परिणाम सार्वजनिक गर्दा धाँधली गरेको भन्दै नेपाली कांग्रेसले मतगणनामा अवरोध गरेको हो ।

भ्ांगाहा नगरपालिकामा ८ मा ७ सय ५५ मत प्राप्त गरि ६ मतान्तरले जनता समाजवादि पार्टिका सरिफ राईनले निर्वाचन जीतेको निर्वाचन कार्यालयले घोषणा गरेको थियो । नेपाली कांग्रेसले धाँधली गरेर राईनलाई जिताएको आरोप लगाउँदै मतगणना अवरुद्ध गरेको छ । नेपाली कांग्रेसका राम राउतले ७ सय ४९ मत प्राप्त गरेका निर्वाचन कार्यालय भंगाहाले जनाएको छ ।

नेपाली कांग्रेसले मत परिणाममा तलमाथि गरिएको आरोप लगाउँदै पुन मत गणना गर्नुपर्ने अडान राखेको छ । भंगाहाका निर्वाचन अधिकृत केशव प्रसाद अर्यालले लगातार गणना शुरु गर्ने प्रयास गरिएको भएपनि अहिलेसम्म गणना शुरु गर्न सहमती नजुटेकाले गणना शुरु हुन नसकेको बताउनुभयो । गणना सकिएपछि आफ्ना प्रतिनिधिलाई नदेखाई र विना सहमति मत परिणाम सार्वजनिक गरेपछि नेपाली कांग्रेसका नेता कार्यकर्ता असन्तुष्ट बनेका जिल्ला सभापति नागेश्वर यादवले बताउनुभयो । नगरस्तरिय सर्वदलिय बैठक बसेर त्यसको समाधान गर्न कांग्रेस नेताहरु लागिरहेको उहांले बताउनुभयो । 

विवाद पछि मंगलबार साँझ ६ बजेबाट मतगणना स्थगित भएको थियो । राति ९ बजेबाट राति १२ बजेसम्म बसेको सर्वदलिय बैठकले विहिबार विहान ८ बजेबाट गणना शुरु गर्ने मौखिक सहमति गरेको भएपनि आज त्यो सहमति मान्न दलहरु तयार नभएपछि पटक पटक बसिरहेको सर्वदलिय बैठकबाट सहमति नजुट्दा गणना शुरु हुन नसकेको अर्यालले बताउनुभयो ।  


प्रतिक्रिया