छायाँनाथ रारा नगरपालिकाले आइतबार स्कुल खोल्ने

जेष्ठ २०, २०७९

मुगुको छायाँनाथ रारा नगरपालिकाले आइतबार बिद्यालय बन्द नगर्ने निर्णय गरेको छ । सरकारले जेठ १ गते देखि सातामा शनिवार र आइतबार दुई दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेपनि सो नगरपालिकाले आइतबार पनि सामुदायिक विद्यालयमा पठनपाठन सुचारु गर्ने निर्णय गरेको हो । 

सातामा दुई दिन बिदा गर्दा शिक्षा क्षेत्रमा असर पर्ने भएकाले शनिबार बाहेक आइतबार विद्यालय खोल्ने निर्णय भएको बिष्णु कुमार भामले बताउनुभयो । समयमा पाठयपुस्तक जिल्लामा नपुग्दा १७ हजार विद्यार्थीको पठनपाठन प्रभावित भएको छ । 


प्रतिक्रिया